खाद्यवस्तुहरू मेथी, कागती, बिमिरो र पुदिना
हामीले छुटाउनै नहुने खाद्यवस्तुहरू मेथी, कागती, बिमिरो र पुदिना (बाँवरीको पात) हुन् । यी खाद्यवस्तुमा पाइने पोषण र खनिज तत्वहरूले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन् । स्वस्थ जीवन जिउन सघाउँछन् । त्यसैले यी खाद्यवस्तुको नियमित सेवनबाट चुक्नु हुँदैन । मेथी मेथीको साग र बीउ दुवै प्रयोग गर्न सकिन्छ । उमारेको मेथीको टुसाबाट विभिन्न परिकार बन्छन् । मेथीका टुसा, लसुन, अदुवा, बदाम, नुन–कागती हालेर सलाद बनाउन सकिन्छ । आलु, केराउमा र मेथीको टुसा हालेर अचार बनाउन सकिन्छ । मेथी भिजाएर बिहान–बिहान खाँदा स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । दाल–तरकारी खाँदा मेथीको प्रयोगले स्वाद बढ्छ । मेथीमा लौह तत्व हुन्छ । रेसादार तत्व पनि हुन्छ । यसले कब्जियत कम गर्न पाचन प्रणालीमा सहयोग गर्छ । त्यसैले स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । यो हरियो तरकारीका रूपमा पनि प्रयोग गरिन्छ । मेथीका दानामा सूक्ष्म मात्रामा, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, जिंक, लौहतत्व, फोलिक, एसिडजस्ता खनिज र थोरै मात्रामा भिटामिन ‘ए’, ‘बी’, र ‘सी’ पनि हुन्छ । छालाको सुख्खापन हटाउन पनि मेथीको प्रयोग...