सबै रोगको जड तनाव
के हो तनाव तनाव मनको एक किसिमको अवस्था हो। मानव अस्तित्वसँग यसको पनि अस्तित्व रहन्छ। तनावको सामान्य अवस्थाले मानिसलाई प्रगति गराउँछ। यसैको आधारमा मानिस माथि उठ्न पनि सक्छ भने त्यही तनाव बढ्न जाँदा समस्या ल्याउन पनि सक्छ। यो मनमा चल्ने द्वन्द्व हो अर्थात् मानसिक द्वन्द्व, जसले मन र भावना बीच दरार पैदा गर्छ। मानसिक स्थिति र बाह्य परिस्थितिबीचको असन्तुलनको कारण उत्पन्न हुने गर्छ। यसको कारण मन अशान्त रहन्छ, भावनामा अस्थिरता पैदा हुन्छ। व्यवहारमा विचलन आउनुका साथै शारीरिक अस्वस्थताका विभिन्न लक्षणहरू देखिन थाल्छन्। कार्यक्षमतामा ह्रास आउँछ। तनाव आफैँमा समस्या होइन तर यसले अन्य धेरै प्रकारका मानसिक समस्या चाहिँ निम्त्याउन सक्छ। तनावको कारण कुनै पनि चिज वा परिस्थिति तनावको कारण बन्न सक्छ। सामान्य अवस्थामा चलिरहेको शारीरिक प्रक्रियामा असहज परिस्थिति हुने बित्तिकै शरीरले प्रतिक्रिया दिन थाल्छ। एड्रिनालिन र कोर्टिसोलजस्ता स्ट्रेस हर्मोनहरू निष्काशन हुन थाल्छन्। त्यसको कारणले परिस्थितिसँग जुध या भाग मुडमा हुन्छ मानिस। जब त्यो असहज परिस्थिति सामान्य हुन्छ, त्यसपछि शरीरको...