डेंगी के हो?

 डेंगी के हो?

डेंगी एक भाइरस हो। यसका डेंगी-१, २, ३ र ४ गरी चार वटा सेरोटाइपहरू हुन्छन्। एउटा सेरोटाइपले संक्रमण गरे संक्रमितको शरीरमा त्यो सेरोटाइपविरूद्ध एन्टिबडी बन्ने गर्छ तर त्यसले अर्को सेरोटाइपहरूबाट प्रतिरक्षा भने गर्दैन। तसर्थ एक व्यक्ति चार पटकसम्म संक्रमित हुनसक्छन्। चारै सेरोटाइपहरू नेपालमा प्रमाणित भैसकेका छन्।

कसरी सर्छ?

डेंगी मुख्यत: इजिपटाई र एल्बोपिक्ट्स जातका एडिस लामखुट्टेले डेंगी भाइरस सार्ने हो।  संक्रमित मानिसको शरीरमा टोक्दा लामखुट्टे आफू संक्रमित हुने र त्यो लामखुट्टेले केही दिनको अन्तरालमा व्यक्तिलाई टोक्दा भाइरस सर्ने  हो। 


 लक्षण के-के हुन्?

सामान्यतय संक्रमण भएको ४ देखि १० दिनसम्ममा लक्षण देखापर्ने । लक्षणहरू सामान्यदेखि जटिलसम्म हुन सक्छन्। १०४ डिग्री ज्वरोका साथसाथै निम्न दुई वा दुईभन्दा बढी लक्षणहरू देखिए डेंगी शंका गर्न सकिन्छ।

१) अत्यधिक टाउको दुख्नु।

२) आँखाको पछाडिको भाग दुख्नु वा आँखाको गेडी दुख्नु।

३) जोर्नी वा मांशपेशी दुख्नु।

४) शरीरमा स-साना राता बिबिरा देखिनु।

५) वाकवाक लाग्नु।

६) बान्ता हुनु। 

बिरामीले यो अवस्थामा पनि उपचार नपाए जटिल अवस्थामा गई मृत्यु समेत हुनसक्ने । यद्यपि लक्षणहरूको आधारमा मात्र डेंगी भाइरस निश्चित गर्न सकिँदैन। कोभिड-१९ लगायत अरू मौसमी संक्रामक रोगहरूका केही  लक्षण डेंगीसँग पनि मिल्दोजुल्दो हुने हुँदा प्रयोगशाला परीक्षण जरूरी छ।


Comments

Popular posts from this blog

कपाल झर्ने समस्याबाट दिक्क हुनुभएको छ ? अपनाउनुस् यी उपाय।

एक कोसा केरा खाँदा यति धेरै फाईदा !