Posts

डेंगी के हो?

Image
  डेंगी के हो? डेंगी एक भाइरस हो। यसका डेंगी-१, २, ३ र ४ गरी चार वटा सेरोटाइपहरू हुन्छन्। एउटा सेरोटाइपले संक्रमण गरे संक्रमितको शरीरमा त्यो सेरोटाइपविरूद्ध एन्टिबडी बन्ने गर्छ तर त्यसले अर्को सेरोटाइपहरूबाट प्रतिरक्षा भने गर्दैन। तसर्थ एक व्यक्ति चार पटकसम्म संक्रमित हुनसक्छन्। चारै सेरोटाइपहरू नेपालमा प्रमाणित भैसकेका छन्। कसरी सर्छ? डेंगी मुख्यत: इजिपटाई र एल्बोपिक्ट्स जातका एडिस लामखुट्टेले डेंगी भाइरस सार्ने हो।  संक्रमित मानिसको शरीरमा टोक्दा लामखुट्टे आफू संक्रमित हुने र त्यो लामखुट्टेले केही दिनको अन्तरालमा व्यक्तिलाई टोक्दा भाइरस सर्ने  हो।   लक्षण के-के हुन्? सामान्यतय संक्रमण भएको ४ देखि १० दिनसम्ममा लक्षण देखापर्ने । लक्षणहरू सामान्यदेखि जटिलसम्म हुन सक्छन्। १०४ डिग्री ज्वरोका साथसाथै निम्न दुई वा दुईभन्दा बढी लक्षणहरू देखिए डेंगी शंका गर्न सकिन्छ। १) अत्यधिक टाउको दुख्नु। २) आँखाको पछाडिको भाग दुख्नु वा आँखाको गेडी दुख्नु। ३) जोर्नी वा मांशपेशी दुख्नु। ४) शरीरमा स-साना राता बिबिरा देखिनु। ५) वाकवाक लाग्नु। ६) बान्ता हुनु। ...

कपाल झर्ने समस्याबाट दिक्क हुनुभएको छ ? अपनाउनुस् यी उपाय।

 १. नुहाएपछि टाउकोमा घ्युकुमारी लगाउने र १५ मिनेटपछि धुने । हप्तामा तीनपटक यसो गर्नाले कपाल झर्ने क्रम रोकिन्छ । २. पानीमा नीमको पात हालेर पानी आधा नसुकुञ्जेल उमाल्ने र यसरी उमालेको पानी चिसो भइसकेपछि कपाल धुनाले कपाल बलियो हुन्छ । नीमपानीले नुहाउँदा पानी आँखामा नपरोस् भन्नेमा ध्यान दिनुपर्छ । ३. सुकेको अमला तोरी अथवा नरिवलको तेलमा केही बेर भिजाइ मसाज गर्दा कपाल बलियो हुन्छ । ४. राति मेथी भिजाउने, बिहान यसलाई राम्रोसँग पिस्ने र कपालको जरासम्म लगाउने र ४० मिनेटपछि कपाल धुने । यसो गर्दा कपाल झर्ने समस्याबाट मुक्ति मिल्छ । ५. प्याज पिसेर यसको रस निकालेर कपालको टुप्पोदेखि फेदसम्म लाग्नेगरी दल्ने र ४० मिनेटपछि धुनाले कपाल झर्न रोकिन्छ । ६. ग्रीन टी को दुईवटा ब्याग तीन कप तातो पानीमा डुबाउने र यसलाई चिसो बनाउने त्यसपछि सेलाएको चिसो पानीले कपाल धुने अथवा मसाज गर्ने । यसो गर्दा कपाल बलियो हुन्छ । ७. अण्डाको सेतो भाग कपालको जरासम्म पुग्नेगरी लगाउने र २० मिनेटपछि नुहाउने । अण्डामा रहेको प्रोटिन, भिटामिनले कपाल झर्ने क्रम रोक्छ र कपाल नरम र मुलायम हुन्छ । ८. कपाल झर्ने समस्या भएका...

तुलसी सेवन गर्नुभएको छ ? यस्ता छन् फाइदा।

घरमा तुलसी राख्दा सुख, समृद्धि प्राप्त हुने चर्चा पनि गरिन्छ । धार्मिक दृष्टिले सो विषयलाई पनि अथ्र्याउने प्रयास गरिएको छ । वैज्ञानिक रुपमा तुलसीको फाइदा अपरम्पार रहेको जानकारहरु बताउँछन् । यसमा रहेको औषधीय गुण मानव स्वास्थ्यका लागि बहुउपयोगी मानिने आयुर्वेदका जानकारहरुको भनाइ छ । यसलाई महत्वपूर्ण जडिबुटीको श्रेणीमा राखिएको छ । किनकी रुघा तथा खोकी लाग्दा तुलसीको प्रयोगले विशेष फाइदा दिन्छ । तुलसीको पात र दानाका आ–आफ्नै खालका विशेषता रहेका छन् । यसको औषधीय लाभका बारेमा राम्रै खोज पनि भएको छ । यो एक प्रकारको सुगन्धित वनस्पती पनि हो । यसले वायु मण्डलमा रहेका दुषित हावालाई समेत स्वच्छ बनाउन सहयोग गर्छ । यो एक किटाणुनाशक वनस्पती समेत हो । त्यसकारण यसको बहुउपयोग रहेको छ । खोज तथा अनुसन्धानमा संलग्नहरुका अनुसार खासमा तुलसी ५ प्रकारका पाइन्छन् । तर पनि प्रचलित भने सेतो र कालो प्रजातिका तुलसी मात्रै रहेका छन् । यसको सेवनबाट खानपान तथा प्रदुषणका कारणले उत्पन्न हुने विकारलाई हटाउन सहयोग गर्दछ । पेट सफा गर्दछ भने यसले रक्तसञ्चार प्रणालीलाई पनि बलियो बनाउन सहयोग पुर्याउँछ । तुलसीमा ...

Juvenile Idiopathic Arthritis भनेको के हो ?

बाथ रोग भनेको शरीरको जोर्नीलाई असर गर्नुका साथ-साथै मानव शरिरको जुनसुकै अङ्गलाई असर गर्ने रोग हो । बिभिन्न किसिमका बाथरोगहरु मध्ये कुनै-कुनै बाथरोगहरु भित्री अङ्गगाई मात्र असर गर्न किसिमका हुन्छन् । जसको पहिचान गर्न र लक्षणहरु देखिन समय लाग्न सक्दछ । सामान्यत बाथरोग लक्षणहरु शरीरको जोर्नीहरु बिना कारण दुख्ने सुनिने र साँझ-बिहान जोर्निहरु अररिने हुन्छन् । यस्ता लक्षणहरुलाई बेवास्ता गरेमा हाडजोर्नीहरु बाङगिनुका साथ-साथै भित्री अङ्गलाई असर पुर्‍याएर अपङ्गगता तथा मूत्युदर बढ्न सक्छ । तसर्थ कुनैपनि जोर्निको दुखाई भएमा वा भित्री अङ्गलाई बाथरोगले असर गरेको प्रमाणित भएमा बाथरोग बिशेषज्ञलाई नै देखाउन आवश्यक छ । जनमानसमा उमेर बढ्दै गएपछि मात्र बाथरोग लाग्दछ भन्ने धारण हुदै आएको छ तर बाथरोग जुनसुकै उमेरका मानिसलाई पनि लाग्नसक्छ । यसको उदाहरण Juvenile Idiopathic Arthritis - JIA (जुभेनाइल आईडियोप्याथिक आर्थराइटिस) हो । JIA १६ बर्षमुनिका बच्चाहरुलाई लाग्ने बाथरोगहरुको नामकरण हो JIA मा विभिन्न प्रकारका बाथरोगहरु पर्दछन् । Oligoarticular JIA यस प्रकारको बाथरोग प्रायजसो २ देखि ४ बर्षसम्मक...

एपेन्डिसाइटिस भनेको के हो ? यसबाट कसरी बच्ने ?

मानवीय संरचना अनुरुप हाम्रो पेटभित्र ठुलो आन्द्रा को पहिलो भागमा रहेको औला आकारको एक मसिनो आन्द्रा लाई हामी ‘ एपेन्डिक्स ’ भन्छौ । एपेन्डिक्स जुकाजस्तो मसिनो आकारको हुने भएकै कारण आम व्यक्तिको सहजताका लागि यसलाई ‘जुके आन्द्रा पनि भन्ने गरिन्छ । पुरानो मान्यता अनुसार यस अंगको खासै केही काम नभएको भन्ने मानिएता पनि नयाँ खोज तथा अन्वेषणबाट यस अंगले आन्द्रालाई आवश्यक पर्ने लाभदायक जीवाणु दिनुका साथै विभिन्न रोगसंग लड्न सहयोग गर्ने तथ्य पुष्टि भएको छ । तर, विभिन्न कारणवश् यस अंगमा हुने संक्रमणका कारण यो भित्रभित्रै सुन्निदै  पाँकेर आउने र फलस्वरुपः यसले बिरामीमा असहजता एवम् पीडा उत्पन्न गराउँछ । यही एपेन्डिक्स संक्रमणका कारण व्यक्तिमा उत्पन्न हुने समस्यालाई नै ‘एपेन्डिसाइटिस’ भनिन्छ । व्यक्तिको जीवनकालमा बालकदेखि वृद्धसम्म जुनसुकै उमेरमा पनि देखापर्न सक्ने यस समस्याले विशेषगरी २० देखि ४० वर्षको समूहलाई भने बढी सताएको देखिन्छ । यसका   कारणहरु मुख्यतया: विभिन्न कारणवश् एपेन्डिक्सको नलीमा अवरोध उत्पन्न जादा व्यक्तिलाई यस समस्याले सताउने गरेको पाइन्छ । त्यसबाहेक आन्द्रामा ...

सबै रोगको जड तनाव

  के हो तनाव तनाव मनको एक किसिमको अवस्था हो। मानव अस्तित्वसँग यसको पनि अस्तित्व रहन्छ। तनावको सामान्य अवस्थाले मानिसलाई प्रगति गराउँछ। यसैको आधारमा मानिस माथि उठ्न पनि सक्छ भने त्यही तनाव बढ्न जाँदा समस्या ल्याउन पनि सक्छ। यो मनमा चल्ने द्वन्द्व हो अर्थात् मानसिक द्वन्द्व, जसले मन र भावना बीच दरार पैदा गर्छ। मानसिक स्थिति र बाह्य परिस्थितिबीचको असन्तुलनको कारण उत्पन्न हुने गर्छ। यसको कारण मन अशान्त रहन्छ, भावनामा अस्थिरता पैदा हुन्छ। व्यवहारमा विचलन आउनुका साथै शारीरिक अस्वस्थताका विभिन्न लक्षणहरू देखिन थाल्छन्। कार्यक्षमतामा ह्रास आउँछ। तनाव आफैँमा समस्या होइन तर यसले अन्य धेरै प्रकारका मानसिक समस्या चाहिँ निम्त्याउन सक्छ।   तनावको कारण कुनै पनि चिज वा परिस्थिति तनावको कारण बन्न सक्छ। सामान्य अवस्थामा चलिरहेको शारीरिक प्रक्रियामा असहज परिस्थिति हुने बित्तिकै शरीरले प्रतिक्रिया दिन थाल्छ। एड्रिनालिन र कोर्टिसोलजस्ता स्ट्रेस हर्मोनहरू निष्काशन हुन थाल्छन्। त्यसको कारणले परिस्थितिसँग जुध या भाग मुडमा हुन्छ मानिस। जब त्यो असहज परिस्थिति सामान्य हुन्छ, त्यसपछि शरीरको...

खाद्यवस्तुहरू मेथी, कागती, बिमिरो र पुदिना

हामीले छुटाउनै नहुने खाद्यवस्तुहरू मेथी, कागती, बिमिरो र पुदिना (बाँवरीको पात) हुन् । यी खाद्यवस्तुमा पाइने पोषण र खनिज तत्वहरूले मानव स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छन् । स्वस्थ जीवन जिउन सघाउँछन् । त्यसैले यी खाद्यवस्तुको नियमित सेवनबाट चुक्नु हुँदैन ।  मेथी  मेथीको साग र बीउ दुवै प्रयोग गर्न सकिन्छ । उमारेको मेथीको टुसाबाट विभिन्न परिकार बन्छन् । मेथीका टुसा, लसुन, अदुवा, बदाम, नुन–कागती हालेर सलाद बनाउन सकिन्छ । आलु, केराउमा र मेथीको टुसा हालेर अचार बनाउन सकिन्छ । मेथी भिजाएर बिहान–बिहान खाँदा स्वास्थ्यमा राम्रो प्रभाव पर्छ । दाल–तरकारी खाँदा मेथीको प्रयोगले स्वाद बढ्छ । मेथीमा लौह तत्व हुन्छ । रेसादार तत्व पनि हुन्छ । यसले कब्जियत कम गर्न पाचन प्रणालीमा सहयोग गर्छ । त्यसैले स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । यो हरियो तरकारीका रूपमा पनि प्रयोग गरिन्छ । मेथीका दानामा सूक्ष्म मात्रामा, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, जिंक, लौहतत्व, फोलिक, एसिडजस्ता खनिज र थोरै मात्रामा भिटामिन ‘ए’, ‘बी’, र ‘सी’ पनि हुन्छ ।  छालाको सुख्खापन हटाउन पनि मेथीको प्रयोग...