एपेन्डिसाइटिस भनेको के हो ? यसबाट कसरी बच्ने ?
तर, विभिन्न कारणवश् यस अंगमा हुने संक्रमणका कारण यो भित्रभित्रै सुन्निदै पाँकेर आउने र फलस्वरुपः यसले बिरामीमा असहजता एवम् पीडा उत्पन्न गराउँछ । यही एपेन्डिक्स संक्रमणका कारण व्यक्तिमा उत्पन्न हुने समस्यालाई नै ‘एपेन्डिसाइटिस’ भनिन्छ । व्यक्तिको जीवनकालमा बालकदेखि वृद्धसम्म जुनसुकै उमेरमा पनि देखापर्न सक्ने यस समस्याले विशेषगरी २० देखि ४० वर्षको समूहलाई भने बढी सताएको देखिन्छ ।
यसका कारणहरु
मुख्यतया: विभिन्न कारणवश् एपेन्डिक्सको नलीमा अवरोध उत्पन्न जादा व्यक्तिलाई यस समस्याले सताउने गरेको पाइन्छ । त्यसबाहेक आन्द्रामा ग्याँस भरिनु, पेटमा कुनै गहिरो चोट लाग्नु र पाचन नलीको संक्रमण हुनु पनि यसका अन्य प्रमुख कारण हुन् । अन्यथा अत्यन्त न्युन प्रतिशत व्यक्तिमा मात्रै क्यान्सर वा रगतका कारण एपेन्डिक्समा संक्रमण हुने गर्दछ।
लक्षणहरु
-सर्वप्रथम बिरामीलाई नाभी वरपरि दुखाईको महशुस हुनु र उक्त पीडा विस्तारै पेटको दाहिने भागतर्फ सर्दै जानु
–भोक नलाग्नु
–वाकवाकी तथा बान्ता हुनु
–कब्जियत वा झाडा लाग्नु
-दुखाईसंगै शरीरमा ज्वरोको मात्रा बढ्दै जानु
–खोक्दा, हिड्दा तथा शरीर चलाउँदा असहज महशुस हुनु
–पेटमा ग्याँस भरिनु
– र, शरीरबाट ग्याँस बाहिर निस्कनमा कठिनाई हुनु ।
आवश्यक जाँचहरु
एपेन्डिसाइटिसको पहिचान मुख्य रुपमा चिकित्सकको जाँचमा निर्धारित हुन्छ। व्यक्तिलाई संक्रमणनै भएको हो वा होइन भन्ने सुनिश्चितताका लागि बिरामीको पेटको भिडियो एक्स–रे (अल्ट्रासाउण्ड) गरिन्छ । तर, अल्ट्रासाउण्डमार्फत सबै व्यक्तिको एपेण्डिसाइटिस पहिचान हुन्छ नै भन्ने छैन ।
शरीरभित्र एपेन्डिक्स कुन अवस्थामा बसेको छ ? भन्ने कुरा पनि अत्यन्त महत्व राख्दछ । जसकारण पनि अल्ट्रासाउण्ड गराएकाहरुमा पनि कुलमध्ये ६० प्रतिशत व्यक्तिको मात्रै एपेन्डिक्सको पहिचान गर्न सकिन्छ । अन्यको भने थप जाँच जस्तै रगत एवम् पिसाब परीक्षण, सीटी स्क्यान तथा एमआरआई नै गर्नुपर्ने हुन्छ ।
जोखिम न्यूनीकरणका उपायहरु
हालसम्म यी–यी उपायले एपेन्डिटाईटिस रोकथाम गराउँछ भन्ने कुराको वैज्ञानिक रुपमै प्रमाणित भएको छैन । यद्यपि उच्च फाइबरयुक्त खाना, अन्नको अत्याधिक सेवन, ताजा फलफुल तथा हरियो तरकारीले भने यसको जोखिमलाई केही हदसम्म कम गराउन मद्दत गर्दछ ।
उपचार
एपेन्डिटाइटिसको उपचारअन्तर्गत शल्यक्रिया र औषधिको प्रयोग गरी दुई प्रक्रियाहरु रहेका हुन्छन् ।
सर्वप्रथम औषधिको प्रयोगद्वारा गरिने उपचारको सन्दर्भमा भन्नुपर्दा यसअन्तर्गत बिरामीमा दुखाईको कमी भएता पनि भविष्यमा पनि सोहि समस्या पुनः नबल्झिएला भन्न सकिदैँन । अर्थात्, औषधिको प्रयोगले तत्कालका लागि दुखाई कम गर्ने भएता पनि पछि गएर अधिकांश बिरामीको एपेन्डिक्स वरपरको आन्द्राहरु टाँसिने(लम्प), फुटेर जाने वा पीप भरिनेजस्ता विविध समस्याहरु देखापर्ने सम्भावना यथावत् नै रहन्छ । यस अर्थमा भन्नुपर्दा शल्यक्रिया नै एपेन्डिटाईटिसका बिरामीको उचित उपचारको पद्दति हो।
यस्तै, अत्याधिक पेटको दुखाई भएर आएका एपेन्डिटाइटिसका बिरामीको हकमा भने तत्काल शल्यक्रिया गर्नु बाहेक अन्य विकल्प रहदैन । यद्यपि शल्यक्रियामा पनि कन्भेशनल(Open Appendectomy/परम्परागत रुपमा गरिदैँ आएको शल्यक्रिया पद्धति) र एडभान्स प्रविधिको प्रयोगबाट गरिने दुई किसिमका शल्यक्रिया पद्धति रहेका छन् ।
ह्याम्स अस्पतालको सन्दर्भमा भने हामीले त्यस्ता बिरामीको शल्यक्रिया ल्याप्रोस्कोपी विधिद्वारा (Laparoscopic Appendectomy/शरीरमा स–साना प्वाल बनाई दूरबिनको माध्यमबाट गरिने शल्यक्रिया ) गर्दै आएका छौँ ।
Source : https://himalayapost.com/archives/199016
Comments
Post a Comment